दाइजो नलिई छोराको विवाह गर्दै सञ्चारकर्मी भरत सर्राफ, मधेशमा सकारात्मक सन्देश ।




पर्सा ०३ बैशाख / बाराको विश्रामपुर गाउँपालिका वडा नंं ५ इटियाही निवासी ५२ वर्षीय सञ्चारकर्मी भरत सर्राफले आफ्ना कान्छा छोराको विवाह दाइजो नलिई गर्ने घोषणा गर्दै समाजमा उदाहरणीय सन्देश दिएका छन्।


२०८३ साल बैशाख १४ गते हुने विवाहका लागि छापिएको निम्तोपत्र शादी कार्ड मै दाइजो नलिने स्पष्ट उल्लेख गरिएको छ। दाइजो प्रथाले समाजमा विभिन्न किसिमका विकृति र असमानता निम्त्याउँदै आएको सन्दर्भमा सर्राफको यो कदमलाई सकारात्मक पहलका रूपमा हेरिएको छ।


मधेशी समाजमा अझै पनि दाइजो प्रथा गहिरो रूपमा जरा गाडेर बसेको अवस्थामा सर्राफले सुरु गरेको यो प्रयासले परिवर्तनको सन्देश दिने विश्वास गरिएको छ।


 यस्तो कदमले समाजमा जागरण ल्याउने र अन्यलाई पनि दाइजो रहित विवाह गर्न प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?