सशस्त्र प्रहरी उपरीक्षक सिलवालले बाराको कमाण्ड सम्हालेपश्चात करोडौं को अवैध माल समान बरामद सिमावासी हर्सित , अवैध कारोवारीमा तनाव ,




पर्सा ०२ बैशाख  / सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ( sp )  विशाल सिल्वालले बारा जिल्लाको कमाण्ड सम्हालेपश्चात सीमाबाट हुने अबैध चोरी पैठारी एंव अन्तर सीमा अपराध नियन्त्रणमा निर्मम र कठोर भएर लाग्न मातहत सीमा सुरक्षा गुल्म हे.क्वा र बिओपिहरुलाई निर्देशन दिएसंगै सीमाबाट हुने तस्करी नियन्त्रण भएको महशुस सजिलै गर्न सकिन्छ । 

गणबाट समेत सिनियर अधिकृतको कमाण्डमा २ वटा टोलि २४ सै घण्टा सीमा ईलाकामा छड्के चेकजाँच तथा सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्न खटाएका छन् । हालसम्म गणपति सिल्वाल आएपश्चात् मात्रै १ करोड १२ लाख भन्दा बढीको अबैध माल सामान बरामद गरी भन्सार कार्यालय दाखिला गरिएको छ । 

मिति २०८३।०१।०१ गते मात्रै सीमा सुरक्षा गुल्म हेक्वा मटिअर्वाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नारायण पौडेलको कमाण्डमा खटिएको गस्ति टोलिले विभिन्न कपडा, चकलेट र मोवाईल पार्टस् गरि अन्दाजी अंकित बजार   मुल्य रु. १३ लाख बराबरको सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक बिक्रम मणि अधिकारीले जानकारी दिए ।  

    गणपति सिल्वालले मातहत सीमा ईलाकामा खटिएका यूनिटहरुलाई सीमाबाट हुने अबैध तस्करी नियन्त्रण कार्यमा शुन्य सहनशिलताका साथ कार्य गर्न निर्देशन दिएका र सोहि अनुरुप सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न व्यापक रुपमा प्रभावकारी तबरबाट टोलि परिचालन गरेपश्चात सीमा क्षेत्रमा तस्करी कार्यमा कमी आएकोमा  स्थानियहरु हर्सित भएकाछन , भने आर्को तिर अवैध कारोवारीहरुमा तनावको महोल सिर्जना भएको स्थानीयहरुको भनाइ रहेछ

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?