सर्लाहीबाट ३३ लाख बराबरको इलेक्ट्रिक सिगरेट ( भेप्स ) सहित मोहमद शेष प्रहरीको नियन्त्रणमा ।

 


पर्सा ०३ बैशाख / जिल्ला प्रहरी कार्यालय सर्लाहीले ३३ लाख बराबरको इलेक्ट्रिक सिगरेट ( भेप्स ) सहित महोमद 

सबिर शेखलाइ नियन्त्रणमा लिएकाछन । विशेष सुचनाको अधारमा चैत ३० गते अ २३:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सर्लाही बाट प्रहरी निरिक्षक  बिशाल बहादुर बुढाथोकीको कमाण्डमा खटिएको टोलिले सर्लाही मलंगवा न.पा. ३ डुमरिया टोल स्थित  शत्रुधन साहको घरमा डेरा गरि बस्ने मोहमद फकिरा सेख को छोरा अ. बर्ष २० को मोहमद सबिर शेखले  इलेक्ट्रिक सिगरेट ( भेप्स ) लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा

प्रहरी टोलीले निजको डेरामा खानतलासी गर्दा Electric vabs ११कार्टुनमा ११०० पिस अ. मुल्य रु. ३३,लाख ( तेतिस लाख) र निज मोहमद सबिर शेखलाई  समेत नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागि जि.प्र.का. सर्लाहीमा ल्याइएको जि प्र का सर्लाहीले जानकारी दिएँ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?