पर्सा ०४ बैशाख / सशस्त्र प्रहरी बल न १३ गणको १९ औ स्थापना दिवस रक्तदान गरि मनाएकाछन । वीरगंज महामनगरपालिका १४ पिपरा स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साको प्राङ्गगणमा सशस्त्र प्रहरी नं.१३ गण हे.क्वा.पर्साको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी पर्सा,वीरगंजको सहकार्य र स्थानियहरुको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साको १९ औं स्थापना दिवश २०८३ को अवसरमा रक्तदान कार्यक्रम संचालन गरीएकोथियो ,
उक्त कार्यक्रममा २६ जना सशस्त्र प्रहरी कर्मचारीहरु र १२ जना सर्वसाधरणहरु गरि जम्मा ३८ जनाले रक्तदान गरिएको न १३ गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।




