वीरगंज, ९ वैशाख । अल्पाइन माध्यमिक विद्यालयले कक्षा १२ (साइन्स तथा म्यानेजमेन्ट)का विद्यार्थीहरूको आज बिदाई कार्यक्रम भव्यताका साथ गरिएको छ ।
होटल भिस्वामा आयोजित बिदाइ कार्यक्रमको अध्यक्षता विद्यालयका सञ्चालक विनोद कुमार उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अंग्रेजीका अध्यापक विनोद कुमार श्रीवास्तवले गर्नुभएको थियो। कार्यक्रममा कक्षा ११ र १२ का सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
बिदाइ कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका थिए भने एपेक्स माविका विद्यार्थीहरूले पनि नृत्य प्रस्तुत गरेका थिए ।
सञ्चालक विनोद उपाध्यायले यस विद्यालयमा कक्षा १२ पढेर जाने विद्यार्थीहरूलाई सधैंभरि प्रोत्साहन गरिरहने परम्परा कायम नै रहने बताउनुभयो ।