सशस्त्र प्रहरी बल पर्साले २० लाख अवैध नोट सहित एक ब्याक्तीलाई पक्राउ गरे । ।




 पर्सा ०६ चैत / सशस्त्र प्रहरी बल पर्साले अवैध तरिकाले भारतबाट नेपाल तर्फ आउन्दै गरेको अवस्था २० लाख नेपाली रुपैया सहिबएक ब्याक्तीलाई नियन्त्रणमा लिएकोछ  

 आज शुक्रबार ०६ गते ११:५० बजेको समयमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका  वडा नं.- १६, भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल, नेपाल सिमा सरक्षा गुल्म हे.क्वा. बिरगंजबाट खटिएको चेकप्वाईट टोलीले बिषेश सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको  BR 05BK 8603  नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने वर्ष ५० को विनय शंकर साह तुरहाले मोटरसाईकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा अबैध निम्न दर र परिमाणको नगद र मोटरसाईकल सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई बिरगञ्ज भन्सार कार्यालय पर्सामा दाखिला गरेको सशस्त्र प्रहरी बल न २३ हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?