सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको ९ लाख रकम सहित ब्यक्ति पक्राउ ।





पर्सा १२ चैत / सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको ९ लाख रकम सहित एक ब्याक्तीलाई नियन्त्रणमा लिएकोछ ।  अन्दाजी १५:३० बजेको समयमा जिल्ला पर्सा, बी.म.न.पा. वडा नं.- १६, भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा वीरगञ्जबाट सप्रसनि मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको टोलीले बिषेश सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोसा चालक जिल्ला पर्सा वीरगंज म.न.पा.-८ गहवा बस्ने अन्दाजी वर्ष ४४ को अनिल कुमार शाहले मोटरसाईकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको ९ लाख  नेपाली नगद र मोसा सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई बिरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साले जानकारी दिए । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?