पर्सा १७ फागुण / हालको अवस्था निर्वाचन तिर लागिपरेकाछन ।विभिन्न दलहरुले आ-आफ्नो प्रचारप्रसार घरदैलौ तथा पार्टी प्रवेश कार्यक्रमहरु तिर्वरुपमा प्रस्तुत गर्दै अगामि हुने २१ गतेको निर्वाचनको लागि अगाडी बढिरहेको देखिन्छन् । बारा निर्वाचन न ४ का कुरा गरौं भने जुन रेस्युमा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी ) अगाडी बढिरहेको थियो , त्यहीँ रेस्युमा राष्ट्रिय स्वतन्त्र पार्टीको मिटर डाउन भइरेकोछ । जनता समाजवादी पार्टी ( छाता ) को फेटामा भएको पार्टी प्रवेश कार्यक्रममा सयौंको सख्यामा युवाहरुले राष्ट्रिय स्वतन्त्र पार्टी ( घण्टी ) परित्याग गरि जनता समाजवादी पार्टीमा ( छाता ) प्रवेश गरेकाछन ।
नवप्रवेशी युवाहरूलाई मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले अबिर, टीका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन्। प्रवेश कार्यक्रममा संविधानसभा सदस्य तथा जसपा नेता जयप्रकाश यादव र क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता ले नवप्रवेशीहरूलाई औपचारिक स्वागत गर्दै पार्टीको सिद्धान्त, संगठन सुदृढीकरण र मधेसको अधिकारका पक्षमा एकजुट भएर अघि बढ्न आग्रह गरेका थिए।कार्यक्रममा बोल्दै नेताहरूले युवाहरूको सहभागिताले पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। नवप्रवेशी युवाहरूले पनि मधेसको विकास, अधिकार र पहिचानको मुद्दालाई सशक्त रूपमा उठाउन जसपा नेपाल रोजेको बताएका छन्। स्थानीय स्तरमा पछिल्लो समय विभिन्न दलबीच आवागमन बढिरहेको सन्दर्भमा यो प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।


