सशस्त्र प्रहरी बल नेपाल , मधेस प्रदेशका उत्कृष्ट प्रथम बि•ओ•पी धनौजी,घोषणा , स प्र नि थापा पुरस्कृत ।




पर्सा ०९ माघ / सशस्त्र प्रहरी बल नेपालले वार्षिकरुपमा उत्कृष्ट युनिट छनोट गर्दै आइरहेकोमा यो वर्ष सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. धनौजि, धनुषा मधेस प्रदेशको प्रथम स्थान हासिल गरि  नम्बर २ बाहिनिको उत्कृष्ट  बि.ओ.पि. हुन सफल रहेको छ ।  निरीक्षणको क्रममा धनौजी बि.ओ.पि.ले ८०% भन्दा बढी नम्बर प्राप्त गरि प्रथम हुन सफल भएको छ ।  सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा रहेको  यस बि.ओ.पि.मा उहाको कार्यकालमा  स्थानीय निकायसँगको समन्व्यमा   नया मेन गेट निर्माण गरी रङ्गरोहन गरेको,  कार्यालयमा फर्निचर, सोफासेट, टेवल, कार्पेट लगायतको फर्निचर सामानको व्यवस्था गरेको,कार्यालयमा ईनभर्टरको व्यवस्था गरेको,

कार्यालयको पेरिमिटरमा पिकेट, कन्सर्टिना र बारबेर वायर लगाएको, क्रल ट्रेन्च निर्माण बृक्षारोपण गरेको, माछा पोखरी खनेको, खेल मैदान निर्माण, डिउटि पोस्टको निर्माण, मेनगेटमा लाईट जडान लगायतका कार्यहरु गरी ६ महिनाको अवधिमा करिव ३९ लाख बराबरको अवैध बरामदी गरी भंसार दाखिला गरि मधेश प्रदेशको उत्कृष्ट नमुना बि.ओ.पि.को रुपमा रुपान्तरण गर्नुभएको छ  । सो कार्यको उच्चस्तरीय मुल्यांकन गरि सशस्त्र प्रहरी २५ "औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी निरिक्षक थापा लाई ट्रफी र कदरपत्रले सम्मानित गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?