पर्सा ०९ माघ / सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी
सशस्त्र प्रहरी माहानिरिक्षक ( IGP ) राजु अर्यालबाट पुरस्कृत भएकाछन । उपरीक्षक केसी बारा गणका कमाण्ड सम्हालेदेखि धेरै चुनौतीहरुको सामना गर्दै , सिमा सुरक्षाबाट हुने अवैध करोवार , तस्करी , अपराधिक क्रीयाकलाप लगायत नियन्त्रण गर्दै , केसीले आफ्नो एक वर्षे कार्यकाल भित्र प्रदर्सन गरेको कार्यक्षमता नेतृत्वदक्षता र नतिजामुलक कामको उच्च मूल्याकंन गदै ४४ वटा गणहरु मध्य उल्लेखनीय नतिजा सहित पहिलो
स्थान हासिल गर्न सफल भएकाछन ।उपरीक्षक के.सी.को नेतृत्वमा सीमा सुरक्षा अझ सुदृढ र प्रभावकारी बनेको छ। सीमावर्ती क्षेत्रमा हुने विभिन्न अन्तरसिमा अपराध लगायत अवैध ओसारपसार तथा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्तभएको छ । भने नियमित निगरानी र सूचनामा आधारि कारबाहीले सुरक्षा चुनौतीहरुमा न्यूनीकरण भएकाछन ा विपद व्यवस्थापनको
क्षेत्रमा पनि उहाँको कार्याकाल उदाहरणीय रह्यो। प्राकृतिक विपदका बेला सशस्त्र प्रहरी बल,
नेपालको शीघ्र, संगठित र प्रभावकारी परचालनले जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याइकोछ । स्थानीय निकाय तथा सरोकारवाला संस्थासाँगको समन्वयमा विभिन्न कृत्रिम घटना अभ्यास राहत उदार तथा पुनःस्थापनाका कार्यहरू प्रभावकारी रुपमा संचालन भएको साथै विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत समुदायसंगको सम्बन्ध मजबुत बनाउन्दै सिमा सुरक्षा लगायत अन्तर सिमा अपराध न्यूनीकरण गर्न शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकारात्मक प्रभाव पारिएको कारण सिमावर्ती क्षेत्रका स्थानीयहरुले समेत खुसी व्यक्त गरेका छन । सिमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम मार्फत सिमावर्ती इलाकामा गरिब तथा पिछडिएका समुदाय लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्नुको साथै BADP अन्तर्गत QIP को अवधारण अनुरुप सीमा इलाकामा सार्वजनिक प्रतीक्षालय तथा शौचालय निर्माण समेत गरि सिमावासीहरु संग सशस्त्र प्रहरी बलको सम्बन्धलाई समधुर बनाउन उल्लेखनीय भुमिका निभाइ सिमावर्ती समुदायको प्रत्यक्ष आवश्यकता पहिचान गरि साना तर प्रभावकारी विकासात्मक कार्यहरु सम्पन्न गरिएकाछन । खानेपानी सरसफाइ विधालय तथा सार्वजनिक स्थल सुधार सामुदायिक संरचना मर्मत जस्ता कार्यमार्फत सिमाबासीको दैनिक जिवनस्तर उकास्न सहयोग पुगेकोछ ।QIP कार्यक्रम ले सिमाबासीमा सुरक्षा निकायप्रती विश्वास बढाउन्दै सहकार्यको वातावरण सिर्जना गरेको पाइएकोछ । उपरीक्षक केसी ले कमाण्ड सम्हाले पश्चात् कार्यकालको भौतिक पुर्वाधार निर्माणलाई थप सुदृढ एंव व्यवस्थित गर्न बलियो इच्छा शक्तिका साथ स्थानीयतह हरु संग प्रभावकारी समन्वय गरि आन्तरिक कार्यालय भित्र नमुना योग्य मेष व्यारेक आदि संरचनाहरुको निर्माण तथा व्यवस्थापनको सुधारमा समेत उपरीक्षक केसीले विशेष ध्यान दिएका कारण कार्यालयको पुर्वाधारहरुमा सुदृढीकरण लगायत वातावरण सुधार र कार्यलयको सौर्न्दर्यकरण थप मजबुत एंव आकर्षक बनेको देखिन्छ ।
उपरीक्षक केसीले न १२ गणको कमाण्ड सम्हाले पश्चात सिमा इलाकामा गरिएको परिमाणमुखि एंव प्रभावकारी डियुटी परिचालन तथा विशेष अपरेसनहरु मार्फत धन्दै ५ करोड बराबरको विभिन्न अवैध सरसमानहरु बरामद गरि भन्सार दाखिला गर्नुको साथै विभिन्न समय र स्थानहरुबाट उल्लेखनीय मात्रामा तयारी गांजा अफिम एंव लागुऔषध जन्य ट्याबलेटहरु बरामद गरि सम्बन्धित निकायहरुमा समेत बुझाएकोले आर्थिक अनुशासनमा शून्य सहनशीलता र कुशल व्यावसायिकता कायम राख्न उपरीक्षक केसी को नेतृत्व निणर्ायक साबित भएकोछ ।विभिन्न सरोकारवाला अन्य सुरक्षा निकायहरु र भारतिय समकक्षी सुरक्षा निकायहरु संगको निरन्तर समन्वय र सम्बन्धमा विस्तार गरि सुक्ष्म रुपमा सुचना संकलन एंव त्यसको गहिरो विश्लेषण गरि रणनीतिकतवरले योजनाबद्ध रुपमा परिचालन भइ राजश्व चुहावट नियन्त्रण गर्न एंव अन्तरसिमा अपराध न्यूनीकरण गर्नमा उल्लेखनीय भुमिका निर्वाह गर्नुको साथ साथै उपरीक्षक केसीले गणको आन्तरिक प्रशासन तथा भौतिक पुर्वाधार विकास मा समेत उल्लेखनीय प्रगति गरेको स्पष्ट रुपमा देख्न सकिन्छ ।
संगठनले उपरीक्षक केसी को कार्यप्रतिको उच्चस्तरीय मुल्यांकन गरि उनलाइ संगठनको प्रमुख एंव सशस्त्र प्रहरी माहानिरिक्षक ( IGP) राजु अर्याल पुरस्कृत गरि comand to comand न
३४ गण कैलाली जिल्ला सरुवा गरिएकोछ
















