पर्सा २३ कार्तिक /सशस्त्र प्रहरी बाल नं न १२ हे क्वा बाराका गणपति ( sp ) खुम बहादुर केसीको कडा निर्देेशन
मा बिभिन्न सिमा नाकाका युनिटहरुले भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याउन्दै गरेका ६ लाख ३० हजार बराबरको बिभिन्न समानहरु बरामद गरेकाछन ।
मिति २०८२।०७/२३ गते अ.१३:३०बजेको समयमा महागढ़िमाई न.पा.०७ तेलकुवाँ स्थित सु.बेश तेलकुवाँबाट सप्रनानि संजय कुमार यादवको टोलिले बम नहर बाट काठमाडौं जाने यात्रुवाहक बस लाई चेकजाँच गर्ने क्रममा उक्त बसमा बिल बिजक नभएको अ.मु..रु.३,१०,०००/-मुल्य बराबरको निम्न मोटर्स पार्ट्सको बरामद गरेको ।
मिति २०८२।०७।२२ गते अ. १६:१५ बजेको कलैया उ.म.न.पा.१० मटिअर्वा नहर चोक स्थित प्र.सी.सु.गुल्म मटिअर्वा बाट खटिगएको स.प्र.स.ह. मिन बहादुर भुजेलको टोलिले चेक प्वाईन्ट थापी चेक जाच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ३ वटा साईकल र २ वटा मोटरसाईकलको प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको अ.मु. रु. २,१०,०००।- बराबरको २५० पिस टेम्पर ग्लास, थान कपडा, रेडिमेट कपडा र विभिन्न किराना सामान बरामद गरेको ।
मिति २०८२।०७।२३ गते अं.२०:०० बजेको समयमा पचरौता न.पा.-१ स्थित पिपरपाती सिमा ईलाकामा प्र.सि.सु.गुल्म पिपरपातीबाट खटिगएको स.प्र.स.नि. प्रमानन्द मुखियाको टोलीले भारतवाट ल्याउदै गरेको अं.मुल्य रु १,१०,०००/- बराबरको एसिएन प्राईमर बरामद गरेको ।
बरामद गरिएका सबै सामान विरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको न १२ गण बाराका सुचना अधिकारी सशस्त्र नायव उपरीक्षक ( DSP ) पिबिन देसारले जानकारी दिएँ।
