पर्सा २० कात्तिक / सशस्त्र प्रहरी बल,बाराको युनिटले बिभिन्न मिति र सिमा इलाकहरुबाट श्रोत नखुलेको रकम सहित अवैध सामान ११ लाख ६१ हजार बराबरको बरामद गरेकाछन ।
मिति २०८२।०७।१९ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला बारा बिश्रामपुर गा.पा-३ मुसहर्वा सीमा ईलाकामा बि.ओ.पि.बरैनियाबाट स.प्र.नि.सन्दिप के.सी.को टोलीले अबैध रुपमा भारतबाट साईकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.४१,हजार बराबरको मोबाईल कभर, OGT USB र डाटा केबल सोहि स्थानमा छाडि ब्यक्ति साईकल लिई फरार भएको हुंदा उक्त सामान बरामद गरिएको ।
मिति १८ गते गते अं.१७:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नपा-०९ पिठुवा घाट स्थित सीमा ईलाकामा बिओपि गोलागंज बाट सप्रनि प्रशान्त अर्यालको टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ भारतीय मो.सा.मा लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया रु ५,००,०००।- (पाँच लाख) नगद र मो.सा.को अ.मुल्य रु.१,००,०००।- गरी जम्मा मुल्य रु.६,००,०००।- (छ लाख) बराबरको नगद र मो.सा. बरामद गरिएको ।
मिति २०८२।०७।१९ गते ०७:३० बजेको समयमा जिल्ला बारा सुवर्ण गा.पा.-३ जमुनिया सीमा ईलाकामा नं.१२ गण हे.क्वा.बारा बाट स.प्र.ना.नि. केदार बहादुर परियारको टोलीले भारतिय मो.सा. को प्रयोग गरी अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मुल्य रु.३०,०००/- बराबरको काटेको सुर्ती १०० के.जि. र मो.सा.को अ.मुल्य रु १,००,०००/- गरि जम्मा अ.मुल्य रु १,३०,०००/- बराबरको मो.सा.र सुर्ति बरामद गरेको ।
मिति २०८२।०७।२० गते अ. ०८:५० बजेको समयमा कलैया उ.म.न.पा. १० मटिअर्वा सिमा ईलाकामा प्रस्ताबित सि.सु. गुल्म मटिअर्वा बाट खटिगएको स.प्र.ह. सुजन ताम्राकारको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अ.मुल्य रु. ५५,०००।- बराबरको कास्मेटिक, कपडा र किराना सामानहरु सोहि स्थानमा छाडि ब्यक्ति फरार भएको हुदा उक्त सामानहरु बरामद गरीएको ।
मिति २०८२।०७।२० गते अन्दाजी १३:४५ बजेको समयमा बिश्रामपुर गा.पा-३ मुहर्वा सीमा ईलाकामा बि.ओ.पि.बरैनियाबाट खटि गएको स.प्र.ना.नि.सन्तोष प्रसाद साहको टोलीले देख्ना साथ अबैधरुपमा भारतबाट २ जना भारतिय मो.सा.को प्रयोग गरि नेपाल तर्फ ल्यादै गरेको अन्दाजी मुल्य रु.३५,०००/- बराबरको ८०० के.जि.काउली र मो.सा.को अन्दाजी मुल्य रु.३,००,०००/- गरि जम्मा अन्दाजी मुल्य रु ३,३५,०००/-.बराबरको मो.सा. र तरकारी बरामद गरिएको छ । बरामद भएका सबै सामानहरू भन्सार कार्यालयमा बिरगंज बुझाईएको सशस्त्र प्रहरी बल,न १२ गण हे क्वा बाराका गणपति खुम बहादुर केसीले जानकारी दिएँ ।
