पेस्तोल सहित २ जना व्यक्ति सशस्त्र प्रहरी बलको नियन्त्रणमा ।

 




पर्सा १९  कार्तिक/  विशेष सुचनाको अधारमा  सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिगएको सप्रनाउ पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी SSB 47 BATTALION  A COMPANY  HEADQUARTERS PANTOKA बाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले नेपाल तर्फ जिल्ला पर्सा वि.म.न.पा.-१६, इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत -१, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा नेपालतर्फ जिल्ला पर्सा वि.म.न.पा. ५ कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-७ बस्ने अन्दाजी वर्ष 28 को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा फेला पर्दा निजहरु बसेको स्थानमा नै बोरा भित्र कटुवा पेस्तोल थान-१ फेला परेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साका सुचना अधिकारी स• प्र• ना• उ विश्वराज योन्जनले जानकारी दिएँ ।            


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?