पर्सा ३० कार्तिक / सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका
गणपति सशस्त्र प्रहरी उपरीक्षक ( sp ) पुरन चन्द भट्टको तस्करी नियन्त्रण अभियान अन्तर्गत बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि.महादेवपट्टीबाट खटिएको टोलिले जिल्ला पर्सा जिराभवानी गा.पा-१ बलुवा स्थित ऐ.ऐ. बस्ने मुस्तुफा मियाको घर भित्र भारतवाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा मुल्य रु. ९,००,०००।– बराबरको १५ कार्टुन (४५०पिस) लाभा किप्याड मोवाईल फोन नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको ।
साथै आजैको मितिमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलीले जि.पर्सा बि.म.न.पा.२ भगुवा स्थित भारतबाट अबैध रुपमा भन्सार छलि BR 29 T 9411 नं.को मो.सा.मा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरेको मुल्य रु.३,८०,४२०।-बराबरको कपडा, किराना तथा सो कार्यमा प्रयोग गरिएको मो.सा.को रु.१,००,०००।- गरी आवश्यक कार्वाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाएको छ। साथै यस गण मातहत सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु. गुल्म, बीरगञ्जबाट खटिएको टोलिले जिल्ला पर्सा बि.म.न.पा.-१६ सीमा ईलाकाबाट मुल्य रु ३,२१,४२०।- बराबरको कपडा, किराना सामान तथा पशुचौपाय र गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनि गा.पा-५ झौवाबाट मुल्य रु.११,०००।-बराबरको तोरी समेत नियन्त्रणमा लिई आजै आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्साका सुचना अधिकारी स.प्र.ना.उ.( DSP )विश्वराज योन्जन जानकारी दिएँ ।
