पर्सा ३० कार्तिक / सशस्त्र प्रहरी बल बाराको टोलिले
भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल भित्र्याउने क्रममा ६ लाख ५० हजार बराबरको अवैध समानहरु बरामद गरेकाछन ।
मिति २०८२।०७।२९ गते अं.१५:२० सिम्रौनगढ न.पा.०६ अमरपुर स्थित सीमा ईलाकामा वि.ओ.पि.गोलागंजबाट खटिएको स.प्र.नि. प्रशान्त अर्यालको कमाण्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मो.सा. सहित अन्दाजि मुल्य रु १,५२,५००।- बराबरको कपडा र मो.सा. बरामद गरिएको
।
२०८२।०७।२९ गते अन्दाजि १२:४० बजे सुवर्ण गा.पा. ७ कोरैया सीमा ईलाकामा बि.ओ.पि. सनफुलवाबाट स.प्र.ना.नि. शिव शंकर पराजुलीको कमाण्डमा खटि गएको टोलिले भारतबाट अवैध रुपमा मो.सा. को प्रयोग गरि नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु ३५,०००/- बराबरको कपडा र अन्दाजी मुल्य रु १,००,०००/- बराबरको मो.सा. गरी जम्मा अं.मुल्य रु १,३५,०००/- बराबरको कपडा र मो.सा. बरामद गरिएको ।
मिति २०८२।०७।३० गते अं ०६:४० बजे सुवर्ण गा.पा. ३ स्थित सतगंज सीमा ईलाकामा बि.ओ.पि.कवहिगोठ बाट खटिईगएको सप्रनि विश्व राज कार्कीको टोलीले भारतबाट अबैध रुपमा ब्यक्तिहरुले टाउकोमा बोकि नेपाल तर्फ ल्याउदै गरेको अं.मुल्य रु.७५,४५०। बराबरको रेडिमेड साडिका कपडाहरु,किराना सामानहरु,सिध्रा सोहि स्थानमा छाडि ब्यक्तिहरु फरार भएको हुँदा उक्त सामान बरामद गरीएको ।
मिति २०८२।०७।३० गते ०७:०० बजे पचरौता न.पा. ०७ भवानिपुर स्थित बिओपी बेनौलि बाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यमानन्द चमारको कमाण्डमा खटिएको टोलीले देख्नासाथ भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ मो.सा.मा ल्याउँदै गरेको अन्दाजि मुल्य रु.३५,८००।– बराबरको किराना तथा खाधान्न आईटम र मो.सा.को अन्दाजि मुल्य रु. १,२०,०००।– गरी जम्मा अन्दाजि मुल्य रु.१,५५,८००।–बराबरको अवैध मो.सा. र किराना सामान बरामद गरिएको ।
मिति २०८०।०७।३० गते ०८:५० बजे बिश्रामपुर गा.पा-०४ बलिरामपुर सीमा ईलाकामा स.प्र.बल,नेपाल एफ.ओ.बि.बलिरामपुरबाट खटि गएको स.प्र.ना.नि.सुर्य प्रसाद रेगमीको टोलीले मो.सा.मा भारतबाट नेपाल तर्फ ल्यादै गरेको अन्दाजि मुल्य रु.३३,०००/- बराबरको FORACORT ROTACAPS नामकको औषधि र मो.सा.को अन्दाजी मुल्य रु.१,००,०००/- गरि जम्मा अन्दाजी मुल्य रू.१,३३,०००/- बराबरको मो.सा.औषधि बरामद गरेको ।
बरामद सबै सामानहरु भन्सार कार्यालय बिरगंज दादाखिला गर्ने सशस्त्र प्रहरी बल न १२ गण बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (DSP)पिबिन देसार ले जानकारी दिए ।



