पर्सा २५ असोज / सशस्त्र प्रहरी बल बाराले मोसा सहित ५ लाख ५ हजार बराबरको पटका बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे बाराको गणपति खुम बहादुर केसीलाइ भारतबाट भरियाको मध्यमले चोरबाटो उखुबारी हुन्दै मोटरसाइकलमा लोडगरि गन्तव्यतर्फ गइरहेको विशेष सुचनाको अधारमा उपरीक्षक केसीको विशेष अप्रेसन अन्तर्गत अन्दाजि ११:१० बजेको समयमा आदर्शकोतवाल गा.पा. ३ भटिनियाँ स्थित स.प्र.बल, नेपाल सुरक्षा बेश तेलकुवाँ बाट खटि गएको सप्रनानि संजय यादवको ०५ जनाको पैदल गस्ति टोलीलाई देख्न साथ ३ वटा मो.सा.को प्रयोग गरि ३ जना ब्यक्तिले नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि मुल्य रु. २,०५,०००/- बराबरको नागिन पटकाहरु र अन्दाजि ३,००,०००/- बराबरको ३ वटा मो.सा. हरु गरि जम्मा ५,०५,०००/- बरामरको मो.सा. र पटका सोहि स्थानमा छाडि ब्यक्तिहरु फरार भएको हुदा उक्त मो.सा.हरु र पटकाहरु बरामद गरि सशस्त्र प्रहरी बल न १२ गणको पेरिमिटर भित्र पोखरीको पानीमा नस्ट गरि मोसा आबश्यक कारबाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी न १२ गणबारा का सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विपिन देसारले जानकारी दिएँ ।







