सशस्त्र प्रहरी बल बाराले ९ लाख १४ हजार बराबरको भन्सार छलि ल्याउन्दै गरेका अवैध समाहरु बरामद गरे ।

 


पर्सा ०७ कार्तिक / सशस्त्र प्रहरी बल बाराले ९ लाख १४ हजार बराबरको अवैध समानहरु बरामद गरेकाछन ।

सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बारा गणपति सशस्त्र 

प्रहरी उपरीक्षक ( sp ) खुम बहादुर केसीको कडा निगरानी र मातहतका सम्पुर्ण युनिटलाइ दिएको कडा निर्देशनको कारण मातहतका आ आफ्नो एरियामा कडाइको साथ अवैध कारोबारी बिरुद्ध कडा कदम चाल्दै सिमानाका हरुबाट हुने अवैध कारोबारलाई नियन्त्रण गर्दै उल्लेखनीय बरामदि गरेकाछन । सोही क्रममा 

 मिति २०८२।०७।०३ गते अ.१०:४० बजे सिम्रौनगढ न.पा - ९ झरोखर  सीमा ईलाकामा बि.ओ.पि.गोलागंजबाट सप्रनि रबिन ढुँङ्गेलको कमाण्डमा खटिएको गस्ती टोलिले देख्न साथ भारतबाट अबैध रुपमा भन्सार छली २ वटा मो.सा. को प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अ.मुल्य रु.५६,७३०/- बराबरको किराना सामान र २ वटा मो.सा.को अ.मुल्य ४,०६,७३०/- बराबरको मो.सा र किराना सामान बरामद गरिएको ।

 मिति २०८२/०७/०४ गते अन्दाजि 1८:२0 बजेको समयमा देवताल गा.पा. वडा नं. २ पसाहा खोला ईलाकामा बि.ओ.पि.दक्षिणझिट्कैया बाट स.प्र.ना.नि. सविन खड्कको कमाण्डमा खटि गएको मो.सा. गस्ती टोलिलाले भारतबाट अवैध रुपमा भन्सार छलि मो.सा.को प्रयोग गरि नेपालतर्फ ल्याउदै गरेको अं.मुल्य रु १,००,००० बराबरको कपडा,चप्पल र मो.सा.को अन्दाजी मुल्य रु.१००,०००/- गरी जम्मा २००,०००/- मुल्य बराबरको सामान र मोसा बरामद गरेको ।

 मिति २०८२।०७।०६ गते अं. २१:०५ बजेको समयमा पचरौता न.पा-०३ राम नगर वैरिया गाउँ स्थित सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट स.प्र.ना.उ. नविन अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतवाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अं. कपडाको मुल्य रु ५५,०००/- र मो.सा.को अं.मुल्य रु १,००,०००/- गरि जम्मा मुल्य रु १,५५,०००/- मुल्य बराबरको मो.सा.सहित कपडा बरामद गरीएको ।

 मिति २०८२।०७।०५ गते अ.१४:५० बजेको समयमा कलैया उ.म.न.पा. १० मटिअर्वा ईलाकामा प्र.सि.सु गुल्म मटिर्अवाबाट स.प्र.ब.ह. चक्र बहादुर साउदको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अं.मुल्य रु.४५,०००।-बराबरको कपडा र अं.मुल्य रु १०,०००।- बराबरको मेहन्दी गरी जम्मा मुल्य रु ५५,०००।- बराबरको सामानहरु बरामद गरी गरिएको । 

मिति २०८२।०७।०७ गते अन्दाजी ०७:३० बजेको समयमा फेटा गा.पा.०४ बतरा फेटा जाने बाटोमा FOB छतवाबाट सप्रनानी शिवहरी खत्रीको कमान्डमा खटि गएको गस्ती टोलिले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु ९७,५००/- बराबरको कपडा सोही स्थानमा छाडि ब्यक्ति मो.सा. लिई फरार हुदा उक्त कपडा बरामद गरिएको  छ , बरामद गरिएका सबै समानहरु आवस्यक कार्वाहीको भन्सार कार्यालय बिरगंज दाखिला गर्ने सशस्त्र प्रहरी उपरीक्षक ( sp ) केसिले जानकारी दिएँ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?