पर्सा ०७ कार्तिक / सशस्त्र प्रहरी बल द्वारा लागू औषध गाजा सहित ब्याक्तीलाई नियन्त्रणमा लिएकोछ ।
विशेष सुचनाको अधारमा ६ गते विहिबार अ ८:५० बजे सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमाण्ड खटिएको टोलिले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ साईकलमा जादै गरेको जिल्ला पर्सा विरगंज महानगरपालिका २६- अठराहा बस्ने अं.वर्ष ७४ का ईस्लाम अन्सारीले बोकेको झोलामा 1.985 कि.ग्रा.गाँजा फेला परेको हुँदा साईकल सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई प्रस्तावित सीमा सुरक्षा गुल्म अलौमा ल्याए पश्चात नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपूर बुझाएको अलौका गुल्मपती कार्कीले जानकारी दिएँ ।
