सशस्त्र प्रहरी बल,पर्साद्वारा रु.६,२४,०५०।-बराबरको मोटरसाईकल सहित सामानहरु बरामद गरि भन्सार दाखिला






पर्सा ०७ कार्तिक / सशस्त्र प्रहरी बल पर्साले विभिन्न सिमानाका हरुबाट ६ लाख २४ हजार बराबरको अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरेकाछन ।  ०६ गते सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलिले जिल्ला पर्सा बिन्दवासिनी गा.पा. ५ प्रसौनीभाठ्ठा स्थित भारतबाट अबैधरुपमा भन्सार छली व्यक्तिले टाउँकोमा बोकी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु.२,७६,३४०।- बराबरको कपडा बरामद गरी आवश्यक कारवाहीको बीरगंज भन्सार कार्यालयमा बुझएको छ ।

    साथै सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा धोविनी गा.पा.-१ जानकीटोला स्थित भारतबाट अबैध रुपमा भन्सार छली मो.सा.मा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.७३,५००।- बराबरको किराना र कस्मेटिक सामानहरु छाडी मो.सा.लिई व्यक्ति भागि गएको हुँदा उक्त सामान बरामद गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । त्यसैगरि 

    ०७ गते सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको टोलिले जिल्ला पर्सा विन्दवासिनी गा.पा.-३ झौवा स्थित नेपालबाट भारत तर्फ मो.सा.मा लोड गरि लैजादै गरेको मुल्य रु. ४,२१०।- बराबरको स्याउ र उक्त कार्यमा प्रयोग भएको मुल्य रु.२,७०,०००।- बराबरको मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी  नायव उपरीक्षक बिश्वराज योन्जनले बताएँ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?