सशस्त्र प्रहरी बल बारा द्वारा निरन्तर बरामदी अभियान जारी , ५ लाख ५० हजारको अबैध समान बरामद । फेरी सशस्त्र प्रहरी बल बाराको चरीत्रहत्या गर्ने पत्रुकार परिचालन , संगठनको जिम्मेवारी अनुसार एक इन्च दायाँबायाँ हुन्न , उपरीक्षक केसी


पर्सा ०८ कार्तिक / सशस्त्र प्रहरी बल बाराले बरामदी अभियानलाइ निरंतरता दिन्दै फेरी सिमानाका हरुबाट भारतबाट अबैध तरिकाले भन्सार छलि ल्याउन्दै गरेका ५ लाख ५० हजार ३ सय बराबरको समानहरु विभिन्न युनिटहरुले बरामद गरेकाछन ।

मिति २०८२/०७/०७ गते अ. १२:१५ बजेको समयमा कलैया उ.म.न.पा. १० मटिअर्वा सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट स.प्र.ब.ह. चक्र बहादुर साउदको कमाण्डमा खटिएको टोलीले अ. मुल्य रू ६७,०००।- बराबरको किराना सामानहरु बरामद गरेको ।

 मिति २०८२।०७।०७ गते अं. १९:३५ बजेको समयमा सिम्रौनगढ न.पा 0७ कवलपुर गाउँ स्थित सीमा ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट स.प्र.ना.उ. नविन अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतवाट अबैध रुपमा १ जना व्यातिले मो.सा.मा राखि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि मुल्य २४,००० /- बराबरको मकैको बिउ र मो.सा.को अं.मुल्य रु १,००,००० गरि जम्मा मुल्य रु १,२४,०००/- बराबरको मो.सा. र सामान बरामद गरेको । 

 ⁠मिति २०८२।०७।०७ गते १९:२० बजेको समयमा पचरौता न.पा. ३ रामनगर स्थित बिओपी बेनौलिवाट सप्रनानि श्यामानन्द चमारको कमाण्डमा खटि गएको  टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ मो.सा.मा राखि ल्याउदै गरेको अन्दाजि मुल्य रु.१०,५०० बराबरको ३ बोरा मैदाँ र मो.सा. को अन्दाजि मुल्य रु. १,९५,००० गरी जम्मा अन्दाजि मुल्य रु. २,०५,५०० बराबरको मैदाँ र मो.सा. बरामद गरेको ।

 मिति २०८२।०७।०८ गते अ.०४.४० बजेको समयमा बिश्रामपुर गा.पा-०१ बंगरी खोला नजिक एफ.ओ.बि.छतवाबाट खटि गएको सप्रनानि शिबहरि खत्रिको गस्ती टोलीले अबैध रुपमा भन्सार छली १ जना ब्यक्तिले टाउकोमा बोकी भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.१,५३,८००/- बराबरको कपडाहरु सोहि स्थानमा छाडि ब्यक्ति फरार भएको हुदा उक्त कपडाहरु बरामद गरिएहो ।

बरामद गरिका सम्पुर्ण समानहरु आवश्यक कार्वाहीको भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियाम रहेको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक ( SP ) खुम बहादुर केसीले जानकारी दिएँ ।

  श्रोतले दिएको जानकारी 


 सिमानाकामा खटिएका सशस्त्र प्रहरी बललाइ बदनाम गर्ने , पक्राउ गरिएका समानहरु छुटाउने , अबैध कारोबारीले  केही पत्रुकार परिचालन गरेकाछन । ती पत्रुकारले  बरामद गरिएका समानहरु छुटाउन  , दबाव दिन्दै आइरहेकाछन । त्यति मात्र नभइ उनिहरुले पक्राउ परेका समानहरुको सट्टामा सस्तो खाले ल्याइदिन्छु भन्ने खाले प्रस्ताव दिन्दै आएको जानकारी श्रोतले  दिए । सशस्त्र प्रहरी बल बाराका कमान्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक ( SP ) खुम बहादुर केसि केही दिन नबित्दै 

उनलाइ बदनाम गर्ने उदेश्यले तस्करहरुले परिचालन गरेका एक ब्याक्ती यस न्युज खोज तलाश मिडियासंग गरेका कुराकानिको अडियो यसै मडियाबाट सर्बजनिक भएको थियो । उपरीक्षक ( SP) केसीको तस्करहरुको बिरुद्ध कडा 

कार्वाहीको कारण आत्तिएर तस्करहरुले केही पत्रुकारलाइ परिचालन गरिएकोछ ।   यस विषयमा बाराका गणपति केसीसंग बुझ्दा उन साफ शब्दमा जवाफ दिएँ  । मेरो संगठनले जुन जिम्मेवारीको साथ मलाइ यहाँ पठाइएको छ त्यो जिम्मेवारी बाट एक इन्च दायाँबायाँ हुन्न , भनेर जवाफ दिएँ । तस्करहरुबाट परिचालन गरिएका पत्रुकारहरुको मिशन सफल हुन्छ कि हुन्न , हेर्न बाँकी छ ?

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?