पर्सा २३ असोज / सशस्त्र प्रहरी बल बाराले अ. २४:३० बजेको समयमा निजगढ न.पा.८ तामागढि चोक स्थित स.प्र.बल, नेपाल विपद् व्यवस्थापन वेश निजगढ बाट खटिएको टोलिले नम्वर नखुलेको मो.सा.मा सवार २ जना व्यक्तिले केहि सामान जस्तो वस्तु फालि मो.सा.लिई व्यक्ति फरार भएको हुदाँ शंका लागी उक्त सामान चेकजाचँ गर्दा लागु औषध गाजा अं.१० के.जि. फेला परेको हुदाँ उक्त गाँजा बरामद गरि सम्वन्धित निकायलाई वुझाईएको ।साथै
अ. १५:३० बजेको समयमा जितपुरसिमरा उ.म.न.पा.-०७ लल्कापुल स्थित बिरगंज पथलैया सडक खण्डमा सुरक्षा बेश जितपुरबाट खटिगएक टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि बिरगंज बाट हेटौँडा तर्फ जादै गरेको यात्रुवाहक बसको डिकी भित्र राखि लैजादै गरेको अन्दाजि मुल्य रु २,९७,९००/- बराबरको लेडिज कुर्ता सुरूवाल, सारी र पुरष कुर्ता पैजामा बरामद गरेको ।
२२ गते १८:४० बजेको समयमा कलैया उ.म.न.पा. १० नहर चोक स्थित प्र.सी.सु. गुल्म मटिअर्वा बाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको अं. मुल्य रु. १,०४,०००/- बराबरको Temporary Glass र रू ३६०००/- मुल्य बराबरको लेडिज कपडा
बरामद गरेको छ, बरामद गरिएका उक्त अवैध समानहरु आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रिया रहेको सशस्त्र प्रहरी बल बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिएँ ।
