निरन्तर खोजीकार्य पश्चात सशस्त्र प्रहरी बल बारा सफल, टिकटाक बनाउने क्रममा बेपत्ता भएका युवकको शव बरामद ।

 





पर्सा २४ असोज / खोलाको बाढिले बगाएर बेपत्ता बनाएका  युवकको शव सशस्त्र प्रहरी बल बाराले बरामद गरेकाछन ।असोज १९ गते अबिरल बर्षाको कारण प्रसौनी गापाको बंगरी खोलामा आएको बाढीमा प्रसौनी गाउँपालिका वडा न २ को शम्भु गोसाइको छोरा अ बर्ष २१ को बिक्री गोसाइले टिकटाक बनाउने क्रममा खोलामा हाम फालेकाथिए । सोही क्रममा बाढिले बेपत्ता बनाएका गोसाइलाइ तत्काल सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको कमाण्ड आएका उद्धार टोलि र नेपाल प्रहरी , नेपाली सेनाको संयुुक्तको टोलीले  मोटरबोड , रबरबोड लागाएर उपकरणको प्रयोग गरि खोजीकार्य तिर्वरुपमा संचानल गरेकाथियो । तर कहि कतै गोसाइ फेला पर्न सकेन  । सशस्त्र प्रहरी उपरीक्षक केसीले भने , बेपत्ता भएका युवक फेला नपरेनजेल सम्म हाम्रो खोजिकार्य निरन्तर चलिरहेनेछ ।  सोही क्रममा मातहतका युनिट बिओपी बरैनियाबाराको टोलिले पैदल खोलाको छेउछाउमा खोजतलाश गर्नेक्रममा फेटा गाउँपालिकाको वडा न १ त्रिवेणी खोलामा बालुवाले  पुरेको अवस्थामा खुट्टा मात्र  देखापरेको स्थानीयले बताए । सशस्त्र प्रहरी  बिओपि बरैनियाबाराको युनिट, इलाका प्रहरी कार्यालय प्रसौनीका टोलि बालुवामा पुरेका गोसाइ युवकको शव बाहिर निकाली घरपरिवारलाई पहिचान गराइ शवलाइ पोस्टमार्टमको लागि पा्रदेशिक अस्पताल कलैया बारा पठाएका घटनास्थलमा उपस्थित स्थानीयले बताए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?