पर्सा २२ भदौ / सशस्त्र प्रहरी बल बारा द्वारा अवैध सालको काठ सहित ट्याक्टर, किराना समान, मो.सा. बरामद गरेकाछन ।सनिबार २१ गते २१:१० बजेको समयमा कोल्हबी न.पा.८ नयाँबस्तीमा सुरक्षा बेश कोल्हबीवाट स.प्र.ना.नि. सुनिल कुमारको कमाण्डमा खटिएको टोली र सव डिवजन वन कार्यालयबाट खटिगएको संयुक्त टोलीलाइ देख्नासाथ अवैध रुपमा जंगलवाट टेक्टरमा लोड गरी ल्याउँदै गरेको २५ क्युफिट सालको काठ र ट्याक्टर समेत अं.मुल्य १०,६००००।– (दश लाख साठ्ठी हजार) बराबरको काठ र ट्याक्टर छोडि मानिड फरार भएकाथिए । उक्त कठ र ट्याक्टर नियन्त्रणमा लिइ आवश्यक कार्बाहिको लागि सव डिभिजन बन कार्यालय मधुबनमा बुझाईएको
साथै
मिति २०८२।०५।२१ गते अं. २१:४५ बजेको समयमा कलैया उ.म.न.पा. १० मटिअर्वा सीमा ईलाकामा प्रस्ताबित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको मोबाइल टोलिले भारतबाट अवैध रुपमा भन्सार छली १ जना ब्यक्तिले BR05BD8523 नं. को Hero Spelender मो.सा.को प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. ३०,०००/-।- बराबरको रेडिमेड कपडाहरु र अन्दाजी मुल्य रु. १,००,०००/ बराबरको मो.सा. गरी जम्मा मुल्य रु. १,३०,०००/ बराबरको सामानहरु बरामद गरिएको छ । बरामद गरिएका अवैध समानहरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीलर जानकारी दिएँ ।
