पर्सा २३ भदौ / सशस्त्र प्रहरी बल बाराले जिल्ला को विभिन्न सिमा इलाकाहरुबाट अ १३ लाख बराबरको अवैध समान र सो मा प्रयोग गरिएका मोसा समेत बराबद गरि कार्वाही गरेकाछन ।
बिओपी बरैनियाको टोलिले
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनिया बाराबाट
बिओपी
पति सशस्त्र प्रहरी निरिक्षक संदिप केसीको कमाण्डमा खटिएको टोलिले २२ गते ०७:3० बजेको समयमा बिश्रामपुर ०४ बलिरामपुर सीमा ईलाकामा नेपालबाट अबैध रुपमा BR 05 Bl 2656 नं.को भारतिय मो.सा.को प्रयोग गरि भारत तर्फ लैजादै गरेको अन्दाजी मुल्य रु.४६,१७०/- बराबरको सिल प्याक मदिरा र मो.सा. सहित अन्दाजी मुल्य रु. १,९६,१७०/-बराबरको मदिरा र मो.सा.बरामद गरिएको
सोही मितिमा अन्दाजी ०९:२० बजेको समयमा फेटा गा.पा-१ त्रिवेणी चोकमा सोही टोलिले अबैधरुपमा भारतबाट १ जना ब्यक्तिले मो.सा.को प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. १,१९,८८०/- बराबरको रेडिमेड कपडा र मो.सा. समेत बरामद गरीएको । साथै ।
मिति २०८२।०५।२२ गते अं. २१:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नपा - ७ कवलपुर सीमा ईलाकामा वि.ओ.पि. गोलागंजबाट स.प्र.नि. ईश्वर कार्कीको कमाण्डमा खटिगएको ०९ जनाको गाडी मोवाईल टोलीले अबैध रुपमा भारतबाट ६ वटा मो.सा.हरु प्रयोग गरि लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको अं. मुल्य रु. १,६५,०००।- बराबरको ११ कार्टुन अं. ५५० के.जी. खान अयोग्य माछा र मो.सा.हरुको अं. मुल्य रु ८,५०,०००।– गरी जम्मा अं. मुल्य रु १०,१५,०००।– बराबरको माछा र मोसाहरु बरामद गरी माछा पशु क्वारेन्टिन, नेपाल प्रहरी, स्थानिय पत्रकारको रोहवरमा खाल्डो खनि गाडिएको र मो.सा. र समानहरू भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी उपरीक्षक खुम ब केसिले जानकारी दिएँ ।
