पर्सा १२ असोज / सशस्त्र प्रहरी बल बाराको ठुलो उपलब्धि ३६ लाख बराबरको पिकअप गाडि समेत कपडा र पटका बरामद गरेका छन । विशेष सुचनाको अधारमा न १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिको कमाण्ड खटिएको टोलिले .०३:४० बजेको समयमा जिल्ला बारा आदर्शकोतवाल गा.पा. ०१ बोहा जमुनिया भित्री सडक खण्डमा सुरक्षा बेश तेलकुवा बाट खटिगएको सप्रनानी संजय कुमार यादवको टोलिले चेकपोईंन्ट थापी चेकजाँच गर्ने क्रममा कोतवालीबाट लङ्गडा चोक तर्फ आउदै गरेको बागमती प्रदेश ०१-०२५ च ६१७६ नम्बरको पिकअप (युद्धा) गाडीमा बिल बिजक नभएको अं.मुल्य रु २५,८५,५००/- बराबरको लेडिज रेडिमेड कपडा, अं.मुल्य रु ५०,०००/- बराबरको ६० बन्डल नागिन पटका र पिकअप (युद्धा) गाडीको अं.मुल्य रु २,००००००/- गरि जम्मा अं.मुल्य रु ४०,०००००/- बराबरको रेडिमेड कपडा, पटका र १ वटा पिकअप (युद्धा) गाडी २ जना व्यक्ती सहित नियन्त्रणमा लिईएको । बरामद उक्त अवैध सामान र दुईजना मानिस सहित भन्सार कार्यालय वुझाईने र पटाका पेरिमिटर भित्र खाल्डो खनि नष्ट गरिने गणपति उपरीक्षक खुम बहादुर केसिले जसनकारी दिए ।
