पर्सा १२ असोज / सशस्त्र प्रहरी बल पर्साले सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रम" अन्तरर्गत सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा पर्साको आयोजनामा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरी पर्साको सहयोगमा जिल्ला पर्सा पकाहाँमैनापुर गा.पा. वडा नं.४ लहावरथकरी स्थित श्री ने.रा.प्रा.बि.ब्रम्हस्थानको प्राँङ्गणमा ऐ गा.पा. वडा नं. ४ खेस्रहाका बिपन्न, मुसहर र डोम समुदायका बच्चाहरुलाई नं.१३ गण हे.क्वा.पर्सा का गणपति सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्ट ज्यु को प्रमुख आतिथ्यमा ५ देखि १० बर्ष उमेर समुहका बालबालिकाहरु लाई ९० जोर न्यानो कपडा बितरण गर्नु भएको थियो । सो कार्यक्रममा ऐ.वडाका वडा अध्यक्ष ढेडि प्रसाद यादव, प्र.सि.सु.गुल्म लहावरथकी का गुल्मपति स.प्र.ना.उ.महेशखरेल,बि.ओ.पि.मिर्जापुर.भिष्वा.पकाहँमैनपुरका बिओपि पति लगायत स्थानिय संचारकर्मी र स्थानिय जनप्रतिनिधि लगायत स्थानिय बासिन्दा अ.३५/४० जनाको उपस्थिती रहेको सशस्त्र प्रहरी न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।




