पर्सा ११ असोज / सशस्त्र प्रहरी बल बाराले ५ लाख बराबरको अवैध समानहरु बरामद गरेकाछन । चाडपर्वको मौकाछोपी भारतबाट अवैध तरिकाले ल्याउन्दै गरेका अवस्थामा सशस्त्र प्रहरी बल बाराको टोलिले विभिन्न सिमाइलाकाहरुबाट उक्त अवैध समानहरु बारामद गरेकाहुन ।०६:४० बजेको समयमा कलैया उ.म.न.पा.२० बसतपुर ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट स.प्र.ना.उ. धन बहादुर राना मगरको कमाण्डमा खटिई गएको मोवाईल टोलीले आँप घारीमा वेवारिसे अवस्थामा लुकाई छुपाई राखेको अन्दाजी मुल्य रु. २,५०,०००।- बराबरको ८ बोरा रेडिमेट कपडा र अन्दाजी मुल्य रु. १०,०००।- बराबरको १ बोरा पटाका गरी जम्मा मुल्य रु.२,६०,०००।– बराबरको कपडा र पटाका बरामद गरी आवश्यक कारवाहीको लागि प्र.सी.सु.गुल्म मटिअर्वामा ल्याई राखेको | साथै सोही मितिमा अं.०८:४० बजे पचरौता न.पा.-१ स्थित मुसहर बस्ती सिमा ईलाकामा स.प्र.बल,नेपाल प्र.सि.सु.गुल्म पिपरपातिबाट सप्रनाउ राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली दुइ जना व्यक्तीले टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको अं.मु.रु ४२,९००।- बराबरको रेडिमेड कपडा र गहना बरामद गरी प्र.सि.सु. गुल्म पिपरपातिमा ल्याई भन्सार बुझाउने प्रकृयामा रहेको ।
जिल्ला सुरक्षा वेश कलैयाको टोलीले रू. ५२००० मुल्य बराबरको किराना आईटम कलैया ३ स्थित दुर्गा स्कुल क्षेत्रवाट बरामद गरेको । मिति २०८२।०६।१० गते विश्रापपुर गा.पा-०४ खुदिया सीमा ईलाकामा एफ.ओ.बि. बलिरामपुबाट स.प्र.ना.नि.सुर्य प्रसाद रेगमीको टोलीले अबैधरुपमा भारतबाट १ जना ब्यक्तिले ल्याउदै गरेको अन्दाजी मुल्य रु. १,५०,०००/-बराबरको १६८ पिस कुर्था सुरुवाल बरामद गरेको । बरामद भएका उल्लेखित सामान आवश्यक प्रकृया पुर्याई भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी बल न १२ गण बाराका गणपति खुम बहादुर केसिले जानकारी दिए ।
