जिल्ला प्रहरी कार्यालय रुकुम ( पुर्वी भाग ) ले फरार प्रतिवादी पक्राउ गरी बाल सुधार गृह पठाइयो ।



पर्सा १६ भदौ / फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतबाट कैद जरिवाना तोकिएका फरार प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा चोरी कसुरमा मिति २०८१।०७।२८ गते सम्मानित रुकुमकोट जिल्ला अदालतको फैसला बमोजिम रु. २१ हजार जरिवाना र १ वर्ष ११ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी भइ फरार रहेका कानुनको बिवादमा परेको बालक परिवर्तित नामथर रुकुमकोट ७६ थ २०८०/०८१ लाई मिति २०८२/०५/१३  खटिएको प्रहरी टोलीले जिल्ला रुकुम ( पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका वडा नं.१० स्थित निजकै घरमा रीतपूर्वक पक्राउ गरी मिति २०८२।०५।१५ गते सम्मानित रुकुमकोट जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतको आदेशले फैसला कार्यान्वयनको लागि श्री जयन्दु बालसुधार गृह नेपालगंज बाँकेमा पठाइएको ।
                             साथै
आ.व. २०८१/०८२ मा ५३ जना फरार प्रतिवादी पक्राउ गरिएको थियो । जसमध्ये ४१ पुरुष र १२ जना महिला थिए । कुल फरार प्रतिवादीबाट ८१ वर्ष ४ महिना १२ दिन कैद र ४९२६४२ जरिवाना असुल गरिएको थियो । सबैभन्दा बढी कैद भुक्तान गर्नुपर्नेमा कर्तब्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी महेन्द्र दमाई थिए उनले कैद भुक्तान गर्नु पर्ने २० वर्ष थियो , जिल्ला प्रहरी कार्यालय रुकुम ( पुर्वी भाग ) ले जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?