सशस्त्र प्रहरी बल बाराको तस्करी विरुद्ध कडा प्रहार १५ लाख बराबर अवैध समान बरामद , गणपति केसि लाई बदनाम गर्ने फेरी षडयन्त्र। ।



पर्सा १६ भदौ / सशस्त्र प्रहरी बल बाराले अवैध कारोबारीहरु विरुद्ध कडा प्रहार गर्दै आइरहेकोछ ।
विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न१२ गण हे क्वा बाराबाट सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर केसिको निर्देशनमा खटिएको टोलिले ०१:०५ मिनेटको समयमा फेटा गापाको वडान ४ स्तिथ त्रिवेणी गाउको बास झ्याङमा लुकाइ छिपाई राखेको अवस्थामा २ थान मो.सा. समेत थानको कपडा ९५० मिटर, सुरूवाल कुर्ता १३८० मिटर अन्दाजि मुल्य रू १५,१५,८१० /  बराबरको अवैध सामान बरामद गरेकाछन । बरामद गरिएका मोसा सहितको उक्त समानहरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका न १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक केसिले जानकारी दिएँ । साथैतस्करहरुले उपरीक्षक  केसिलाइ बदनाम गर्ने  फेरी  विभिन्न षड्यन्त्र  गरिरहेको श्रोतले जानकारी दिएँ उपरीक्षक केसि न १२ गणको कमाण्ड सम्हालेका केही महिना न बित्दै उनलाइ बदनाम गर्ने योजनाको अडियो एसै मिडियाले सम्प्रेषण गरेकाथिए । उपरीक्षक केसिको तस्कर हरुमाथि  कडा प्रहारको कारण तस्करहरुमा खलिबलि मचिएकाछन ।केसि रह्नुजेल बारामा तस्करीको संजाल तोडदै जाने भयत्रासको कारण अवैध कारोबारी , तस्करहरुले जसरी भएपनि उपरीक्षक केसिलाइ बदनाम गरि लखाटने योजना बनाइरहेका श्रोतले जानकारी दिएँ

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?