ना.उ. उमाशंकर प्रसाद यादव र प्र.जि.अ. सिता परियार लगायत सुरक्षा समितिको विशेष पहलमा जिल्लामा बढ्दै गरेको आत्महत्या न्यूनिकरणको लागि एग्रोभेट व्यावसायी तथा गैर सरकारी संघ संस्थाहरुसँग विशेष छलफल भएको छ ।

 





 पर्सा १५ भदौ / रुकुम ( पुर्वी भाग ) जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा विषादी सेवन गर्नेको संख्या बढी देखिएको कारण अबदेखि विषादी बिक्रीमा कडाइ गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको पहलमा भएको विशेष छलफलमा एग्रोभेट व्यावसायीहरुले विषादी बिक्री गर्दा अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने निष्कर्ष निकालिएको छ ।

छलफलमा सहभागी एग्रोभेट व्यवसायीहरूलाई अनियन्त्रित रूपमा विषादी बिक्री नगर्न, खरिद गर्ने व्यक्तिको विवरण अभिलेखमा राख्न र विषादीको सुरक्षित प्रयोगबारे जानकारी दिने सुझाव दिइएको छ । यससँगै आत्महत्यासँग सम्बन्धित जोखिमयुक्त स्थान र व्यक्तिहरूको पहिचान गरी अभिलेखीकरण गर्ने र गैर सरकारी संघ–संस्थासँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

प्र.ना.उ. उमाशंकर प्रसाद यादवले आत्महत्या रोकथामका लागि स्थानीय तह, सुरक्षा निकाय, गैर सरकारी संस्था, समुदाय र व्यवसायीबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । आत्महत्यासँगै विपद् जोखिम न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा बालविवाह रोकथामलाई समेत महत्वका साथ हेर्नुपर्ने कुरामा समेत जोड दिनुभयो । साथै प्र ना उ ( डिएसपी ) यादब आए देखि जिल्ला वासिको  सुरक्षामा अहोरात्रि खटिरहेको स्थानीयहरुले बाताएँ

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?