पर्सा १३ भदौ / सशस्त्र प्रहरी बल बाराको अवैध कारोबार , तथा अवैध समान नियन्त्रणमा तिब्रता दिएकाछन । सशस्त्र प्रहरी बल बाराले सिमा इलाकाहरु बाट चोरी पैठारी , अवैध तरिकाले भारतबाट भन्सार छलि गरि ल्याउँदै गरेका समानहरुलाइ टोलिले बरामदिमा निरंतरता दिन्दै आएकाछन । सशस्त्र प्रहरीका टोलिले विभिन्न सिमा इलाकाहरुबाट मोसा सहित १० लाख ३२ हजार बाराबर अवैध समानहरु बरामद गरेकाछन ।
विभिन्न सिमा इलाकाहरुबाट बरामदि विवरण
सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराबाट
स.प्र.स.नि. परमानन्द मुखियाको कमाण्डमा खटिएको टोलिले २ वटा मो.सा. को प्रयोग गरी नेपाल तर्फ ल्याउदै गरेको अं. मुल्य रु. ७,७१,३८०।- बराबरको कपडा, चकलेट र खजुर बरामद गरिएको ।
पचरौता ०२ श्रीनगर बैरियावाट मो.सा. सहित १,९०,०००/ मुल्य बराबरको किराना सामान बरामद गरिएको ।
वि.ओ.पि. बरैनियाको टोलिले रू ७१,००० /मुल्य बराबरको ढोकामा प्रयोग हुने ताल्चा बरामद गरिएको
मोसा सहितको बरामद गरिएका समानहरुको १०,३२०००/ मुल्यांकन गरि आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रिया मा रहेको सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिएँ ।




