पर्सा १२ भदौ / जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) को जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक
उमा शंकर प्रसाद यादबले छोटो समयमै जिल्ला वसिमा
लोकप्रीयता हासिल गर्न सफल भएकाछन । जिल्ला वासिको दुख:सुखमा अहोरात्र खटिरहने डिएसपि यादब
ले प्रहरी मेरो साथीको अनुभुति भएकोछ , स्थानीयहरुले बताए । स्थानीयको अनुसार डिएसपि यादबले हाम्रो जिल्लामा कुनै पनि समस्या आएपनि तुरुन्तै टोलिलाइ परिचान गरि समस्याका समाधान गर्नु हुन्छ स्थानीयहरु हर्सित भएर बताए । डिएसपि यादब ले जिल्ला जिल्ला प्रहरी कार्यालय रुकुम ( पुर्वी भाग )
को कमाण्ड सम्हाले देखि जिल्लामा शान्तिसुरक्षा , कायम गर्नु देखि थुप्रै अपराधीक्रीयाकलाप लागेकालाइ
नियन्त्रणमा लिइ कानुनी दायरामा ल्याइएको एक तथ्यांकले देखिन्छ । जस्तौ अफिम , गाजा खेती नस्ट ,
गर्नुको साथै , कैयौं थान अवैध भरुवा बन्दुक , बरामदी
जबरजस्तीकरणीको अभियुत्त पक्राउ , दादागिरी गुन्डागर्दी , नियन्त्रण , बाढीपीडितहरुको उद्घार गर्न , सर्पले टोकेकालाइ टोलि द्वारा अस्पताल पुर्याउन जस्ता थुप्रै कार्य गरि डिएसपी यादब रुकुम ( पुर्वी भाग )का
स्थानीयहरु माझ लोकप्रीयता हासिल गरेकाछन । साथै
११ गते अन्दाजि १०:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट धपे रुकुम (पूर्वी भाग) बाट खटिएका प्र.स.नि. मोहन कुमार भडेलको कमाण्डमा प्रहरी गस्ति टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रुकुम (पूर्वी भाग) सिस्ने गा.पा.८ भुरुङ्गा स्थित दमार खोला जंगलमा लुकाई - छिपाई राखिएको वेवारिसे भरुवा बन्दुक नाल १ (एक) वेसाबुत (दुई टुक्रा भएको) फेला पारि बरामदि मुचुल्का समेतको कार्य पुरा गरि उक्त भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम ( पुर्वी भाग ) ले जानकारी दिएँ ।


