पर्सा ०९ भदौ / सशस्त्र प्रहरी बल रौतहटले भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याइ भण्डारण गरी राखेको अवस्था मा ठुलो मात्रामा सुर्तीजन्य , सुर्ती
बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न ११ गण हे क्वा रौतहटबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक संतोष कुमार बस्नेतको कमाण्ड र वि.ओ.पि. औरैयाबाट स.प्र.नि. खेम राज जोशीको कमाण्डमा खटिई गएको टोलीले खानतलासी तथा चेकजाँच गर्दा दशगजा देखि अन्दाजी २०० मिटर पूर्व तर्फ निज राम सिंह चनौको भट्टी पसलको छेउ मा चुमन मियाको धानको खेतमा अबैध रुपमा भण्डारण गरी लुकाई छिपाई राखेको अन्दाजी मुल्य रु ३,६२,७५०।- बराबरको ३० बोरा ७४५/- केजी सुर्ती तथा सुर्तिजन्य पदार्थहरु बरामद गरी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरेको सशस्त्र प्रहरी उपरीक्षक संतोष कुमार बस्नेतले जानकारी दिएँ ।
