पर्सा १९ श्रावण / सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा पकाहाँमैनपुर गा.पा.-५ सबैठवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली २ वटा मो.सा.मा लोडगरी नेपालतर्फ ल्याउदै गरेको रु.४३८,०७५।-बराबरको कपडा,कस्मेटिक र ईलेक्ट्रोनिक्स सामान र उक्त कार्यमा प्रयोग गरिएको २ वटा मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । साथै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलिले बिभिन्न सीमा नाका तथा जिल्ला पर्सा बीरगञ्ज म.न.पा.-१० आदर्शनगर स्थित स्काईलेन महल अगाडी रहेको माँ दुर्गा रोड क्यारियर्सको गोदाममा भन्सार छली चोरीपैठारी गरी कपडा भण्डारण गरी राखेको छ भन्ने विशेष सूचनाको आधारमा मूल्य रु. २,६४,७००।- बराबरको कपडाहरु र ८२,९००।-बराबरको बिभिन्न सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. प्रसौनीभाठाबाट खटिएको टोलीले जिल्ला पर्सा बिन्दवासिनी गा.पा.-५ भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 22 AD 0244 नम्बरको मो.सा. लाई शंका लागि चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार भारतको जिल्ला पुर्वी चम्पारण भेलाही ग्राम पंचायत -१० भेलाही बस्ने अ. वर्ष ३२ को बिशाल कुमारको साथबाट अबैध रुपमा भन्सार छली ओसार पसार गरी नेपाल तर्फ ल्यउदै गरेको अबस्थामा नेपाली नगद रु. ४,२८,०३० र उक्त कार्यमा प्रयोग गरिएको मो.सा.रु. १,५०,०००।-मुल्याङ्क गरी आवश्यक कारबाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका
सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिएँ ।


