कटुवा पेस्तोल देखाएर तर्साउने खाँ पक्राउ

वीरगंज, १९ साउन ।
कटुवा पेस्तोल देखाएर तर्साउने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा घर भई हाल वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ससुरालीमा बस्दै आएका ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
इनर्वा गाँउमा खाँले हतियार लिएर स्थानीयबासीलाई डरत्रास देखाउँदै घुमिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले एक थान कटुवा पेस्तोलसहित आइतवार बेलुका पक्राउ गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको लम्सालले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?