सशस्त्र प्रहरी बल बाराको अवैध समान बरामदी निरन्तर , ७ लाख ५० हजार अवैध समान बरामद ।

भरत सरार्फ





पर्सा १९ श्रावण /  सशस्त्र प्रहरी बल बाराले अवैध समानहरु बरामदीलाइ निरंतरता दिन्दै आइरहेकाछन । बाराका गणपति खुम बहादुर केसिको कडा निर्देशनलाई 

मातहतका युनिटहरुले पालना गर्दै , अवैध कारोबारी बिरुद्ध कडा उत्रिएकाछन । सोही क्रममा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातिका  गुल्मपतिसशस्त्र प्रहरी नायव उपरीक्षक  राजनलाल श्रेष्ठको कमाण्ड खटिएका टोलिले 

५ लाख ६५ हजारको अवैध समान बरामद गरेकाछन । 

विशेष सुचनाको अधारमा पचरौता वडा न १ बाट भारत बाट अवैध तरिकाले मोसामा लेडिज कुर्ता सलवार र स्पोर्टस जुत्ता लोड गरि आइरहेको अवस्था टोलिले नियन्त्रणमा लिएकोथियो । साथै जितपुरसिमरा (विरगंज पथलैया सडक खण्ड) यात्रुवाहक बसको डिक्किवाट अन्दाजि १ लाख ८५ हजार मुल्य बराबरको किराना आइटम र लेडिज आईटम बरामद भएको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ। 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?