पर्सा ०३ भदौ / रुकुम (पूर्वी भाग) को रानिवनको ओढारमा लुकाईएको ४ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेकाछन । विशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय तकसेरा रुकुम (पूर्वी भाग) बाट प्रहरी नायव निरिक्षक. गेहेन्द्र गिरीको कमाण्डमा खटिएको टोलिले गस्ति गस्ति गर्दै जाने क्रममा जिल्ला रुकुम (पूर्वी भाग) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १३ रानिवन स्थित ओढारमा लुकाई - छिपाई राखिएको अवस्थामा वेवारिसे भरुवा बन्दुक नाल ४ (सावुत) फेला पारी बरामदि मुचुल्का समेतको कार्य पुरा गरि उक्त भरुवा बन्दुक इलाका प्रहरी कार्यालय तकसेरा रुकुम (पूर्वी भाग) मा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम ( (पूर्वी भाग ) ले जानकारी दिएँ ।
