सशस्त्र प्रहरी बल न १२ गणबाराका गणपति केसिको चेन अफ कमाण्ड प्रभावकारी, अवैध कारोबारी बिरुद्ध कडा प्रहार , १० लाख ५५ हजारको अवैध समानहरु बरामद ।

 






पर्सा ०५ भदौ / सशस्त्र प्रहरी बल न१२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर केसिको
चेन अफ कमाण्ड कडा प्रमाणित भएकोछ । गणपति
केसिले बाराको कमाण्ड सम्हाले देखिनै बाराको सिमानाकाहरुबाट हुने चोरी , तस्करी लगाएत अपराधी गतिविधि माथि कडा निगरानि गर्दै  मातहतका युनिटहरुलाइ कडा चेतावनिको साथ निर्देशन दिन्दै चेन अफ कमाण्ड सफल पारेकाछन । सशस्त्र प्रहरी बल बाराका युनिटहरु सो अनुसार कार्य गर्दै  सिमानाकहरु बाटहुने करोडौंको  चोरी तस्करीका अवैध समानहरु
बरामद गरि भन्सार दाखिला गरेकाछन । अवैध समानहरु बरामदी अभियानलाइ निरंतरता दिन्दै , युनिटहरुले सिमाकानाको इलाकाहरुबाट आज १० लाख ५५ हजारको अवैध समानहरु बरामद गरेकछन ।
                   बरामदी विवरण
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म
मटिहर्वाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खटिवडाको कमाण्डमा खटिएको टोलिले कलैया उमनपा वाडा न १० सिमाइलाकाबाट भारतबाट अवैध तरिकाले भन्सार छलि तीन वटा मोटरसाइकलमा  विभिन्न किसिमका समानहरु अ मु४ लाख ७० हजार बराबरको  ल्याउन्दै गरेका अवस्थामा बरामद गरेकाछन

सुरक्षा बेश कलैयाबाट सशस्त्र प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंह थारुको कमाण्डमा खटिएको टोलीले चेकप्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा मटिअर्वा देखि कलैया तर्फ जादै गरेको यात्रु बाहक अटो गाडीलाई रोकी चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली ल्याँउदै गरेको अं.मुल्य रु.१,१४,०००।- बराबरको लेडिज लत्ता कपडाहरु बरामद गरिएको ।

⁠ जितपुरसिमरा उ.म.न.पा.-०९ छतापिपरा स्थित बिरगंज पथलैया सडक खण्डमा सुरक्षा बेश जितपुरबाट स.प्र.ना.नि बिक्रम पौडेलको कमाण्डमा खटिगएको ७ जनाको टोलीले  चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि बिरगंज बाट हेटौँडा तर्फ जादै गरेको यात्रुवाहक बसको डिक्कि भित्र राखि लैजादै गरेको अं. मुल्य रु ३,५९,१००/- बराबरको रेडिमेन्ट कपडा बरामद गरिएको ।

विओपि गोलागंजबाट सप्रसनि शिवशंकर प्रसाद चौधरीको कमाण्डमा खटिएको ०५ जनाको टोलिले मो.सा. समेत अं. मूल्य रु. १,१२,७९०।- बराबरको किराना सामान बरामद गरिएको ।  छ ।
बरामद गरिएका मोसा सहितको समानहरुको १० लाख ५५ हजार मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रिया रहेको सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?