पर्सा ०८ भदौ / सशस्त्र प्रहरी बल गुल्म अलौले भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याउन्दै गरेका अवैध समान बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म
अलौबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराको कमाण्ड खटिएको टोलिले भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याउन्दै गरेको अवस्था
बिहान ३:३० बजेको समयमा बिरगंज नपा वार्ड न . १९ बिन्दाबासिनी चोक बाट टोलिले मोसा सहित किराना सामाग्री , गाडिको पार्ट्स र कपडा गरि जम्मा ५ लाख ८७ हजार २ सय ५ मूल्य बराबरको सामान बरामद गरेकाथिए । बरामद गरिएका मोसा सहितको उक्त समानहरु आवश्यक कार्वाही को लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिएँ ।

