पर्सा ०७ भदौ / हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रबारको दिन जिल्ला प्रहरी कार्यालय रुकुम ( पुर्वी भाग ) ले आयोजना गरेको “तीज विशेष अन्तर्गत दर खाने कार्यक्रम” सम्पन्न भएको छ । सो कार्यक्रममा जिल्ला स्थित रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र यस कार्यालयमा कार्यरत सम्पूर्ण महिला दिदि बहिनीहरुको उत्साहजनक रुपमा उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा तीज बिशेष नाचगान गरी रमाइलो गरी मनाइएको थियो । सो अबसरमा उपस्थित आमन्त्रित पाहुनाहरुलाई यस कार्यालयका कार्यालय प्रमुखज्यूबाट धन्यवाद् ज्ञापन तथा शुभकामना समेत व्यक्त गरी कार्यक्रम समापन गर्नुभएको थियो



