पर्सा जिल्लाबाट गाँजासहित एकजना पक्राउ

वीरगंज, १७ साउन ।
आठ किलो ४४० ग्राम गाँजासहित पर्सा जिल्लाबाट एकजना व्यक्ति पक्राउ परेका छन् ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गा.पा.४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले  चेक जाँच गर्ने क्रममा बेलुवाबाट देवरवाना जाँदै गरेको भारतीय नं.को मोटरसाइकल सहित चालक पर्सागढी न.पा. ९ एकटाङ्गा बस्ने वर्ष ३४ को जग मोहन यादवलाई पक्राउ गरेको हो ।
उनले मोटरसाइकलको सिटमुनि र शरिरमा बाँधीएको अवस्थामा लागू औषध गाँजा ८ किलो ४४० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?