भरत सरार्फ
पर्सा १७ श्रावण / सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा पकाहाँमैनपुर गा.पा.-५ सबैठवाबाट भारतबाट अवैध रुपमा भन्सार छलि दुई वटा मो.सा.हरुमा लोड गरि नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.२,३८,०७५।-बराबरको कपडा,कस्मेटिक र ईलेक्ट्रोनिक्स सामानहरु र उक्त कार्यमा प्रयोग गरिएको दुई वटा मो.सा.को रु. २,००,०००।-मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको । साथै काठ बरामदी जि.पर्सा बि.म.न.पा.३१ सोलखपुर स्थित सु.बेश बेलवा बाट सप्रनानि जित बहादुर बलको कमाण्डमा ०४ जनाको टोलीले जंगलबाट अबैध रुपमा कटान गरी खेतको छेउमा लुकाई छिपाई राखेको अं.६.७७ क्यु.फिट. मुल्य रु २३,६९५।- बराबरको १ थान सालको गोलीया बरामद गरी आबश्यक कारबाहीको लागी १३:२५ बजेको समयमा सब डिभिजन बन कार्यालय सबैयामा बुझाईएको , सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंहपुजाराले जानकारी दिएँ ।
Tags:
मुख्य समाचार


