सशस्त्र प्रहरी बल पर्सा पनि एक्सन मा रु.३,९८,३००।-बराबरको मो.सा.सहित सामान भन्सार दाखिला

भरत सरार्फ
पर्सा १६ श्रावण / सशस्त्र प्रहरी बल पर्सा पनि अवैध कारोबारी बिरुद्ध एक्सनमा उत्रिएकाछन । सोही क्रममा जिल्ला पर्सा वीरगंज म.न.पा.-२५ चण्डाल चोक स्थित नं.१३ गण पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि दुई वटा मो.सा.हरुमा लोड गरि नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.१,५८,१००।-बराबरको कपडा, किराना सामान र मो.सा. गरि को मुल्य रु.१,५०,०००।- गरि जम्मा मुल्य रु ३,०८,१००।- बराबरको सामान र मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ। त्यस्तै आजकै मितिमा सशस्त्र प्रहरी बल,नेपाल बि.‌ओ.पि. सिर्सियाबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.६४,०००/- बराबरको कपडा समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ। यस गण मातहत बिओपि ठोरीबाट बिभिन्न मितिमा खटिएको टोलीले समेत २६,२००।- बराबरको बिभिन्न किसीमका सामानहरु नियन्त्रणमा लिई आजै आवश्यक कारवाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?