सशस्त्र प्रहरी बल नेपाल रौतहट ४ लाख बराबरको भन्सार छलिएका अवैध समानहरु बरामद गरे ।

भरत सरार्फ

पर्सा ३१ श्रावण / सशस्त्र प्रहरी बल नेपाल रौतहटले 

भन्सार छलि अवैध रुपमा भण्डारण गरि राखेको गोदममा छापा मरि अवैध समानहरु बरामद गरेकाछन ।विशेष सुचनाको अधारमा २९ गते बिहिवार बेलुका सशस्त्र प्रहरी बल नेपाल न ११ गण हे क्वा रौतहटबाट खटिएका टोलिले रौतहट गरुडा न.पा.-५ शिवनगर स्थित गौर-चपुर-सडक खण्डको शिवनगर चौक देखि पश्चिमतर्फ अन्दाजी २०० मिटर उत्तरतर्फ TVS सोरुम नजिक रहेको एक गोदाम घरमा अबैध रुपमा चिनि भण्डारण गरि राखेको स्थान मा छापामारी खानतलाशी


गर्दा उक्त गोदाममा भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याइ भण्डारण गरि राखेको अवस्थामा १०३ बोरा चिनि , ९ बोरा सिमेन्ट , १० बोरा मल ,  र १० बोरा सरफ,  बरामद भएको थियो । बरामद भएका उक्त समानको ४, २०,३००/ मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल न ११ गण हे क्वा रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक संतोष बस्नेतले जानकारी दिएँ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?