रुकुम पूर्वमा कृष्ण जन्माष्टमी तथा श्रावण महिनाभर जन्मदिन परेका प्रहरीको सामूहिक जन्मोत्सव कार्यक्रम सम्पन्न



पर्सा ०१ भदौ /  जिल्ला प्रहरी कार्यालय, रुकुम (पूर्वी भाग) ले कृष्ण जन्माष्टमीको अवसर पारेर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको छ।


जिल्ला प्रहरी कार्यालय परिसरमै सम्पन्न कार्यक्रममा पूजाआजा, भजनकृतन, नृत्य तथा सामूहिक नाच प्रस्तुत गरिएको थियो। यस विशेष अवसरमा धार्मिक एवं सांस्कृतिक विविधता झल्कने प्रस्तुति देख्न पाइयो । कार्यक्रममा यस जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरू, स्थानीय समुदायका प्रतिनिधिहरू तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले बोल्ने क्रममा कृष्णको जन्म तथा कृष्ण सँग सम्बन्धित विभिन्न विषयवस्तुहरुको बारेमा जानकारी समेत दिनु भएको थियो । 


यसै अवसरमा, श्रावण महिनाभर जन्मदिन परेका यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सामूहिक रूपमा जन्मोत्सव समेत मनाइएको थियो । केक काटेर उनीहरूको जन्मदिनको विशेष उत्सव मनाइएको थियो । यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. उमाशंकर प्रसाद यादवले कार्यालयको जिम्मा सम्हाले देखि नै महिनाको अन्तिम दिन सोहि महिनाभर जन्मदिन पर्ने प्रहरी कर्मचारीहरुको सामूहिक जन्मदिन मनाई प्रहरीको व्यस्त समयका बाबजुत पनि पिर, मर्का भएपनि यस्ता कार्यक्रमले प्रहरीको उच्च मनोबल हुनुका साथै प्रहरीको व्यवसायिकता प्रति थप उर्जा मिल्ने गरेको पनि प्र.ना.उ. यादवल जानकारी दिनुभयो । 







जिल्ला प्रहरी कार्यालयका प्रमुखले कार्यक्रमले संगठनमा सकारात्मक ऊर्जा थपेको भन्दै आगामी दिनमा यस्ता गतिविधि अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?