भरत सरार्फ
पर्सा २६ श्रावण / सशस्त्र प्रहरी बल पर्साले बीरगञ्ज महानगरपालिका- १० आदर्शनगर स्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई ठेलामा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको भन्सार मूल्य रु. २,३१,६००।-बराबरको हार्डवयर सामान बरामद गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ।
साथै आजकै मितिमा बीरगंज महानगरपालिका-७ रेल्बेरोड स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली रेल्बेरोड नजिक गल्लिमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको भन्सार मुल्य रु.८३,५९०।-बराबरको कपडा र चल्केट बरामद गरी आकश्यक कारबाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक
कृष्ण सिंह पुजाराले जानकारी दिएँ

