डिआइजी ढकालको अवैध चोरी पैठारी , तस्करी नियन्त्रण अभियानलाइ निरंतरता दिन्दै , सशस्त्र प्रहरी बल सर्लाहीको ठुलो उपलब्धि । एउटै गोदमबाट १ करोड ५८ लाख ५९ हजारको अवैध समान बरामद ।

भरत सरार्फ पर्सा ०८ श्रवण / सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीले ठुलो उपलब्धि हासिल गरेकाछन । श्रोतको अनुसार डिआइजी कृष्ण ढकाल मधेस प्रदेशको कमाण्ड सहमाले देखि आठैं जिल्लाका गणपतिहरुलाइ अवैध चोरी पैठारी , तस्करी , लगाएत सिमानाकाहरुमा हुने अपराधि गतिबिधि नियन्त्रण गर्ने कडा निर्देशन दिएकाथिए । सोही अनुसार बारा , पर्सा , लगाएतका सम्पुर्ण युनिटहरु एक्सनमा उत्रिएकाछन । सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीबाट गणका गणपति देव बहादुर चन्दको कमाण्ड खटिएका टोलिले १ करोड ५८ लाख ६९ हजार बराबरको चुरोट र कपडा बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीका गणपति देव बहादुर चन्द, सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा
गुल्म मंलगवाका गुल्मपाति सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन ढुङ्गाना मंलगवा भन्सार कार्यालयका अधिकृत डम्बर बहादुर बस्नेतको संयुक्त टोलिले २०:०५ बजेको समयमा इश्वरपुर नपा वडा न २ राइटतखोर स्तिथ तुलसी पशु पालन फार्ममा अवैध तरिकाले लुकाइ छिपाइ राखेको अवस्था टोलिले छापा मारि ३१ पोका बरामद गरेका थिए । जस मध्य platinom 7 premiumblend ( blue ) सिगरेट ७ लाख खिल्ली १ करोड ४० लाख बराबर , रेडिमेड कपडाहरु , साडि १०३४ पिस , कुर्तासुर्वाल ७०२ पिस, कुर्तासुर्वालको कपडा १२३० मिटर अ मु १८ लाख ५९६ बराबरको बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय मंलगवा दाखिला गरेका सशस्त्र प्रहरी बल सर्लाहीले जानकारी दिएँ । डिआइजी कृष्ण ढकालको आगमन पश्चात् सबै भन्दा पहिलो र ठुलो उपलब्धि हो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?