भरत सरार्फ
पर्सा ०८ श्रवण / सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीले ठुलो उपलब्धि हासिल गरेकाछन । श्रोतको अनुसार डिआइजी कृष्ण ढकाल मधेस प्रदेशको कमाण्ड सहमाले देखि आठैं जिल्लाका गणपतिहरुलाइ
अवैध चोरी पैठारी , तस्करी , लगाएत सिमानाकाहरुमा हुने अपराधि गतिबिधि नियन्त्रण गर्ने कडा निर्देशन दिएकाथिए । सोही अनुसार बारा , पर्सा , लगाएतका सम्पुर्ण युनिटहरु एक्सनमा उत्रिएकाछन । सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीबाट गणका गणपति देव बहादुर चन्दको कमाण्ड खटिएका टोलिले १ करोड ५८ लाख ६९ हजार बराबरको चुरोट र कपडा बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीका गणपति देव बहादुर चन्द, सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मंलगवाका गुल्मपाति सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन ढुङ्गाना मंलगवा भन्सार कार्यालयका अधिकृत डम्बर बहादुर बस्नेतको संयुक्त टोलिले २०:०५ बजेको समयमा इश्वरपुर नपा वडा न २ राइटतखोर स्तिथ तुलसी पसदुपालन फार्ममा अवैध तरिकाले लुकाइ छिपाइ राखेको अवस्था टोलिले छापा मारि ३१ पोका बरामद गरेका थिए । जस मध्य platinom 7 premiumblend ( blue ) सिगरेट ७ लाख खिल्ली १ करोड ४० लाख बराबर , रेडिमेड कपडाहरु , साडि १०३४ पिस , कुर्तासुर्वाल ७०२ पिस, कुर्तासुर्वालको कपडा १२३० मिटर अ मु १८ लाख ५९६ बराबरको बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय मंलगवा दाखिला गरेका सशस्त्र प्रहरी बल सर्लाहीले जानकारी दिएँ । डिआइजी कृष्ण ढकालको आगमन पश्चात् सबै भन्दा पहिलो र ठुलो उपलब्धि हो ।
सशस्त्र प्रहरी बल सर्लाहीको ठुलो उपलब्धि । पशु पालन फर्मबाट बाट १ करोड ५८ लाख ५९ हजारको अवैध समान बरामद ।
byभरत सर्राफ
•
•
2 min read
0



