सशस्त्र प्रहरी बल नेपाल बारा, अवैध कारोबरी बिरुद्ध निरन्तर एक्सनमा , ६ लाख बराबरको अवैध समान बरामद ।

भरत सरार्फ पर्सा ०८ श्रावण / सशस्त्र प्रहरी बलहरुले अवैध चोरी निकासी , तस्करी बिरुद्ध कडा कदम चाल्दै आइरहेकाछन । डिआइजी कृष्ण ढकाल सशस्त्र प्रहरी बल न २ छिन्नामस्ता बहिनी मुख्यालय बर्दिवास महोत्तरीको जिम्मेवारी सहमाले देखि मधेस प्रदेश कै सशस्त्र प्रहरी बल हरुले निरन्तर अवैध कारोबार , चोरी पैठारी , तस्करी हरु बिरुद्ध कडा कदम चाल्दै आइरहेकाछन । सोही क्रममा सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति खुम बहादुर केसीले आफ्ना जिल्लाभर कै सिमा नाका इलाकाहरुमा निरन्तर तस्करी बिरुद्ध कडा एक्सनमा उत्रिएकाछन ।
एक सशस्त्र प्रहरीका अनुसार , सिमा नाका इलाका ठुलो छ , चोरबाटो धेरैछन , कुनै न कुनै बाटो छिरिहाल्दो रहेछ । तर केही छैन जहाबाट छिरेपनि हाम्रो नियन्त्रणमा हुन्छ , हाम्रो एसपि साहेबले यस्तो एम्बुस थाप्नु भएकाछन उनले बताए । सोहि सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको एक्सन टोलिले विभिन्न सिमा नाका इलाकहरुबाट ६ लाख बराबरको अवैध समानहरु बरामदी गरेकाछन । टोलिले कलैया उपमहानगर १० मटेर्वा नहरचोक आसपास क्षेत्रवाट ३ लाख ५० हजार बराबरको इलेक्ट्रिक मिक्सचर, व्यट्रि/ईन्भर्टर, मोसा र रेडिमेट कपडा बरामद गरिएको छ। जितपुर सिमरा ईलाकावाट ७० हजार मुल्य बराबरको रेडिमेट कपडा र २०० केजि चिनि बरामद गरिएको । बरैनियावाट १ लाख ८६ हजार बराबरको किराना आईटम, प्याज र सोमा प्रयोग गरिएका मोसा समेत बरामद गरि आवस्यक कार्वाही को लागि बिरगंज भन्सार कार्यालय दाखिला गरेका सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?