भरत सरार्फ
पर्सा १४ श्रावण / इलाका प्रहरी कार्यालय प्रसौनिले लागू औषध ब्राउन सुगर सहित विश्रामपुर गाउँ पालिकाका अजमुल हक अंसारीलाइ प्रहरीले पक्रेका छन । विशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय प्रसौनि बारा बाट प्रहरी निरिक्षक टुपेन्द्र श्रेष्ठ को कमाण्डमा खटिएका टोलिले
अं.१४;३० बजेको समयमा जिल्ला बारा फेटा गा.पा.१ भलुहि स्थितमा कलैयाबाट प्रसौनी तर्फ पैदल आउदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा जिल्ला बारा विश्रामपुर गा.पा.१ घोडासाहन बस्ने मोबारक मियाको छोरा अं.बर्ष २२ को अजमुल हक अंसारीलाई शंका लागि रोकी शरिर खानतलासि गर्दा निजको साथ बाट दुई वटा पुरियामा मध्य कालो प्लाट्षिकमा सेतो रंगको प्लाष्टिकको सानो पुरियामा(ब्राउन सुगर सुख्खा जस्तो देखिने पदार्थ)६०० मिलिग्राम र सेतो रङको प्लाष्टिकको ठुलो पुरियामा(ब्राउन सुगर लेदो जस्तो देखिने पदार्थ) १४६ ग्राम ५८० मिलिग्राम लागु औषध (ब्राउन सुगर जस्तो देखिने प्रदार्थ बरामद गरी निज लाइ नियन्त्रणमा लिइ इ.प्र.का.प्रसौनी बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको, इ.प्र.का.प्रसौनी बारा जानकारी दिए ।
इलाका प्रहरी कार्यालय प्रसौनि बारा द्वारा लागू औषध ब्राउन सुगर सहित विश्रामपुर गापाका असारी पक्राउ ।
byभरत सर्राफ
•
•
2 min read
0
